त्रिशुली नदीमा खसेर आगलागी भएको ट्याङ्करका चालक र सहचालक सम्पर्कमा

धादिङः गल्छी गाउँपालिका–६ चिरौदीस्थित त्रिशुली नदीमा खसेर आगलागी भएको ना ४ ख २८२२ को ट्याङ्करका चालक र सहचालक सम्पर्कमा आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले चालक हेटौंडाका ३२ वर्षीय सुदिप बोहरा र सहचालक मनिस नगरकोटी सम्पर्कमा आएको जानकारी दिए ।

याे पनि पढ्नुस  दोलखामा बस दुर्घटना, १७ जना घाइते

उनीहरूले प्रहरीलाई दिएको बयानअनुसार स्टेरिङ अड्किएपछि ट्याङ्कर दुर्घटना भएको हो र उनीहरूले हाम्फालेर ज्यान जोगाएका हुन् । उनीहरूमा खास्सै चोटपटक लागेको छैन ।

ट्याङ्करलाई त्रिशूलीबाट निकाल्ने तयारी भइरहेको एसपी रेग्मीले बताए ।

कमेन्ट गर्नुहोस्