नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरू

फोटोः नेकपा कार्यकारी अध्यक्ष प्रचण्डकाे सचिवालय ।

काठमाडौंः नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरू भएको छ ।

पार्टी एकतापछिको परम्परा तोड्दै यो पटकको सचिवालय बैठक पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको हो । पार्टी एकतापछिका अधिकांश बैठकहरु प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यानमा राखेर बालुवाटारमा नै हुने गरेका थिए ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटि बैठकले पार्टी र सरकारका विषयमा गरेको सहमतिलाई कार्यान्वयनका लागि कार्ययोजना बनाउन आजको बैठक महत्वपूर्ण हुनेछ । खासगरी कोरानोको महामारीलाई सामना गर्ने विषय बैठकमा मुख्यरुपमा छलफल हुनेछ । बैठकले कोरोनाबाट अति प्रभावित गरिब मजदूरलाई प्रत्यक्ष राहत प्याकेजका लागि सरकारलाई निर्देशन दिन सक्ने सम्भावना छ ।

याे पनि पढ्नुस  नेकपा चियापान आज

यसैगरी आजको बैठकले चैत्रको अन्तिम साता महाधिवेशन गर्ने विषयमा कार्ययोजना बनाएर एकताका बाँकी कार्यभार पुरा गर्ने र महाधिवेशनको तयारीका लागि अघि बढ्ने विषयमा ठोस निर्णय गर्न सक्छ ।

संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषय र एमसिसीका बारेमा यसअघिको कार्यदलले दिएको सुझावलाई कार्यान्वयनमा लैजाने विषयमा समेत बैठकमा कुरा हुने देखिन्छ ।

याे पनि पढ्नुस  तुम्बाहम्फेले भनिन्, ‘उपसभामुखबाट राजीनामा दिन्छु, तर...’

एमसिसी सम्झौता सदनबाट पारित गर्ने या नगर्ने विषयमा अध्ययन गर्न नेकपाले झलनाथ खनालको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा सहमति भने जुट सकेन । कार्यदलको प्रतिवेदनले भने संशोधन गरेर मात्रै एमसिसी पारित गर्नुपर्ने सुझाव दिएको थियो ।

याे पनि पढ्नुस  मध्यरात ठाटीकाँध गाउँपालिका अध्यक्ष दम्पती अपहरणमा

आजको बैठकमा एमसिसी पारित गर्ने विषयमा कुन कुन विषय संशोधन गर्ने र त्यसलाई कसरी प्रक्रियामा लैजाने भन्ने विषयमा सहमति जुटन सक्छ ।

कमेन्ट गर्नुहोस्