महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

कैलालीः महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ परेका छन् ।

गाउँपालिका कार्यालयमै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख भानुभक्त उपाध्याय पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा उपाध्यायलाई पक्राउ गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्