पेरिसडाँडाबाट बालिका खड्का पक्राउ

काठमाडौंः पेरिसडाँडाबाट बालिका खड्का पक्राउ परेकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेका बेला पेरिसडाँडामा प्रवेश गर्न खोजेपछि उनी पक्राउ परेकी हुन् । उनी नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् ।

उनलाई हाल महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

याे पनि पढ्नुस  ‘ब्रिटिस आर्मी हुँ’ भन्दै ठगी गर्ने युवक पक्राउ

उनी आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी थिइन् । तर, उनले भदौ ३१ गते मुद्दा फिर्ता लिइसकेकी छन् ।

नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरू

कमेन्ट गर्नुहोस्