बाँकेमा ४१ जना संक्रमित निकाे भएर घर फर्किए

नेपालगञ्जः बाँकेमा संक्रमणमुक्त भएर घर फर्किनेहरु बढ्दै गएका छन् ।

सो क्रममा आइतबार पनि जिल्लामा एक दुई वर्षिय बालिका र ७० वर्षय पुरुषसहित ४१ जना संक्रमितहरु संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा रहेका ८ महिला र ३३ पुरुष गरेर ४१ जनालाई आइतबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  कोरोना कहरः २४ घण्टामा कहाँ कतिको मृत्यु ? कति संक्रमित ? (सूचीसहित)

१४ दिनसम्म आइसोलेसनमा रहँदा उनीहरुलाई कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएपछि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार डिस्चार्ज गरेर घर पठाइएको हो ।

संक्रमणमुक्त भएर फर्किएका ४१ जनासँगैै बाँकेमा कोरोनामुक्त भएर घर फर्किनेको सँख्या १ हजार २४४ पुगेको छ । जिल्लामा हालसम्म १ हजार ५९० जनामा संक्रमण पुष्टि भएको र ती मध्ये १ हजार २४४ जना निको भएर घर फर्किसकेको तथा १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा फेरि थपियो निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (सूचीसहित)

सो कार्यालयका अनुसार अझैपनि ३३६ जना संक्रमितहरु विभिन्न आइसोलेसन सेन्टर र अस्पतालहरुमा उपचाररत भर्ना रहेका छन् । ती मध्ये भेरी अस्पतालको बिशेष कोरोना वार्डमा भर्ना रहेका २ जना संक्रमितको अवस्था निकै गम्भीर रहेको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्