अनेरास्ववियु (छैठौं) काे बझाङ भेला सम्पन्न, अध्यक्षमा धामी

बझाङः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को बझाङ जिल्लाको भेला सम्पन्न भएको छ ।

आइतबार सदरमुकाम चैनपुरमा सम्पन्न भेलाले जिल्ला भरिका प्रतिनिधिबाट भरत धामीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको सचिवमा जगत धामी, सहसचिव निरुता धामी, उपाध्यक्षमा भुवन बोहरा, कोषाध्यक्षमा कल्पना धामीलाई चयन गरेको छ ।

सदस्यमा देव धामी, देवराज खडका, बिक्रम भण्डारी र राम धामी रहेका छन् । भेलामा (छैठौं)का पूर्व विद्यार्थी नेता एवम् राष्ट्रिय जनमोर्चाका युवा नेता जगत प्रशाद जोशी, प्रदेश सहसचिव टंक अवस्थीलगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्