१३२५ संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौंः नेपालमा आइतबार थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ९६६ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । आज देशभर १७ हजार ४७८ सक्रिय संक्रमित संख्या छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा आज २८ जनामा कोरोना संक्रमण

आव थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

आइतबार ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्