काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो कोरोना

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो एकसाता बढी समयदेखि उपत्यकामा दैनिक ५ सय बढी संक्रमित फेला परिरहेका छन् ।

आइतबार पनि उपत्यकामा ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १० जनाको मुत्यु हुँदा उपत्यकामा मात्रै ६ जना छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकाको काठमाडौंमा मात्रै ६०२ जना संक्रमित थपिएका छन् । त्यस्तै, भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  ब्राजिलमा बुलेट ट्रेनको गतिमा फैलिँदै कोरोना

यस्तै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको छ । ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उपत्यकामा असोज २ गते हालसम्मकै बढी ८५९ जना संक्रमित फेला परेका थिए । उपत्यकामा कोरोनाको अवस्था खराब बन्दै गएको भन्दे मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

याे पनि पढ्नुस  नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौंः प्रधानमन्त्री ओली

मन्त्रालयका प्रवक्ता गौतमले घनाबस्ती भएका शहरी क्षेत्रमा भिडभाड, नारा जुलुस नगर्न चेतावनी दिए । उनले घनाबस्ती भएका शहरी क्षेत्रमा भिडभाड, नारा जुलसु गर्न नरोकिए ठूलो क्षति हुने चेतावनी दिए । गौतमले ६० वर्ष पुगेका, श्वासप्रश्वास, क्यान्सर, फोक्साका बिरामी, नियमित डायलासिस गराइरहेका अन्य रोगबाट गस्रित नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा आज ८ जनामा कोरोना पुष्टि

उनले सुझाव दिँदै भने, ‘अत्यन्त जरुरी काम नपरी ननिस्कनुहोस् । निस्केनै परे मास्क लगाउनुस् । दुई मिटरको दुरी कायम राख्नुस् । जनस्वास्थ्यका मापदण्ड पालना गर्नुस् । साबुन पानी हात धुनुस् वा सेनिटाइजर प्रयोग गर्नुस् ।’

नेपालमा आइतबार थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ९६६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

नेपालमा आज ४७ जिल्लामा संक्रमित थपिए

कमेन्ट गर्नुहोस्