आइपीएल : पञ्जाबविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीपले पाएनन् मौका

काठमाडौं, ४ भदौ : इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जावविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ-११ मा मौका पाउन असफल भएका छन् ।

दिल्ली चार विदेशी खेलाडीका रुपमा मार्कस स्टोइनिस, एनरिच नर्खिया, कागिसो रबाडा र शिमरोन हेटमायरलाई मौका पाएका छन् । पञ्जाबले टस जितेर बलिङ रोजेको छ । दिल्ली र पञ्जावबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ ।

याे पनि पढ्नुस  आइपीएल : मुम्बईविरुद्ध चेन्नइले सस्तैमा गुमायो २ विकेट

यूएईमा पञ्जाबको टोलीले अहिलेसम्म एक खेल पनि हारेको छैन । सन् २०१४ मा टोलीले त्यहाँ सबै ५ खेलमा जीत हासिल गरेको थियो । साथै पञ्जाबले पछिल्लो तीन सिजनमा आफ्नो पहिलो खेल जित्दै आएको छ ।

कमेन्ट गर्नुहोस्