आइपीएल : शतक नबनाउँदै दिल्लीले गुमायो महत्वपूर्ण ५ विकेट

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध दिल्ली क्यापिटल्सले पाँचौ विकेट गुमाएको छ ।

उसले पाँचौ विकेटका रूपमा कप्तान श्रेयस अय्यरलाई ३९ रनमा गुमाएको हो । उनलाई मोहम्मद शामीले क्याच आउट गराए ।

यसअघि दिल्लीले विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तलाई व्यक्तिगत ३१ रनमा गुमाउन पुग्यो । उनलाई आज आइपीएल डेब्यू गरेको स्पिनर रवि बोस्नोईले आउट गरेका हुन् ।

याे पनि पढ्नुस  १३ औँ सिजनको आइपीएल ‘अक्सन’ आज

दिल्लीले पहिलो विकेटका रूपमा ओपनर शिखर धवनलाई शून्य, पृथ्वी शालाई ५ र शिमरन हेटमायरलाई ७ रनमा गुमाएको थियो । शिखर रनआउटको सिकार हुन पुगे । पृथ्वी र हेटमायरलाई मोहम्मद शामीले आउट गरेका हुन् ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले यो समाचार तयार पार्दा १५ ओभरमा ५ विकेट गुमाएर ९३ रन बनाएको छ । पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाउन असफल भएका छन् ।

याे पनि पढ्नुस  वार्नरको आइपीएल प्लेइङ इलाभेनः को–कोले पाए मौका?

किंग्स इलावेन पञ्जावविरुद्ध सन्दीपले प्लेइङ ११ मा उनले मौका पाउन असफल भएका हुन् । सन्दीप यो पटक पनि दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका छन् ।

दिल्लीले पहिलो म्याचमा विदेशी खेलाडीका रूपमा मार्कस स्टोइनिस, एनरिच नर्खिया, कागिसो रबाडा र शिमरोन हेटमायरलाई मौका दिएको छ ।

कमेन्ट गर्नुहोस्