आइपीएल : दिल्लीद्वारा पञ्जाबलाई १५८ रनको लक्ष्य

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को आफ्नो पहिलो म्याचमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएल खेल्न सन्दीप आइतबार यूएई पुग्ने

उसका लागि मार्कस स्टोइनिसले शानदार ब्याटिङ गरे । उनले २१ बलमा २ छक्का र ७ चौकासहित ५३ रन बनाए ।

त्यस्तै, कप्तान श्रेयस अय्यर ३९, ऋषभ पन्त ३१, शिमरन हेटमायर ७, रविचन्द्रन आश्विन ४, अक्षर पटेल ६, पृथ्वी शा ५ र शिखर धवन शून्य रनमा आउट भए ।

याे पनि पढ्नुस  आइपीएल २०२०ः खेलको समय परिवर्तन हुनसक्ने, आज हुँदैछ निर्णय

बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले ३, सेल्डन कोट्रेलले २ र रबि बिश्नोईले एक विकेट लिए । दिल्लीबाट आइपीएल खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पहिलो म्याचमा प्लेइङ-११ मा मौका पाउन असफल भए ।

दिल्लीले पञ्जाबविरुद्ध विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, एनरिच नोर्तजे र कागिसो रबाडालाई मौका दिएको छ ।

कमेन्ट गर्नुहोस्