५ दिनसम्म भारी वर्षा र हावाहुरी चल्नसक्ने, सतर्क रहन मौसम विभागको चेतावनी

काठमाडौं । मौसम विज्ञान विभागले आगामी केही दिन मौसम बिग्रिने सम्भावना रहेको जनाएको छ ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर–पश्चिम तर्फ सर्ने क्रममा असोज १० गतेसम्म नेपालको धेरै स्थानमा मेघगर्जन रचट्टयाङ सहितको वर्षा तथा केहि स्थानमा भारी देखि धेरै भारी वर्षा हुनका साथै हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको हो ।

याे पनि पढ्नुस  यस्तो छ आजको मौसम पूर्वानुमान

विभागले सबै जनतालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

हेर्नुस सूचना

 

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन (Special Weather Bulletin)

(जारी मितिः २०७७-०6-04,  साँझ :७:00 बजे)

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर-पश्चिम तर्फ सर्ने क्रममा आगामि ४-५ दिन(२१ सेप्टेम्बर राती देखि २५ सेप्टेम्बर) नेपालको धेरै स्थानमा मेघगर्जन/चट्टयाङ सहितको वर्षा तथा केहि स्थानमा भारी देखि धेरै भारी वर्षा हुनका साथै हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

याे पनि पढ्नुस  कतिपय स्थानमा आज घाम लाग्ने, कस्तो छ तीन दिनको मौसम?

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः 

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौ

फोनः ०१-४४८६८६९, ०१-४११३१९१, नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

कमेन्ट गर्नुहोस्