कोरोनाबाट कैदीबन्दीको मृत्यु

बाँकेः कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक कैदीबन्दीको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत सुर्खेतको गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । मृतकमा दम र श्वास प्रश्वासको गम्भिर समस्या थियो ।

याे पनि पढ्नुस  कहाँ-कहाँ थपिए आज कोरोना संक्रमित? (सूचीसहित)

सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ४ जना जिल्ला बाहिरका हुन् ।

कमेन्ट गर्नुहोस्