नेकपा सचिवालय बैठक स्थगित

आइतबार पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक ।

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बसने भनिएको बैठकनेताहरूको व्यस्तताका कारण स्थगित गरिएको हो ।

सचिवालयकाे अर्काे बैठक मंगलबार मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी एकतापछिको परम्परा तोड्दै आइतबार सचिवालय बैठक पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको थियो । पार्टी एकतापछिका अधिकांश बैठकहरु प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यानमा राखेर बालुवाटारमा नै हुने गरेका थिए ।

याे पनि पढ्नुस  नेकपाले टुंगो लगायो राष्ट्रिय सभा उम्मेदवार, नारायणकाजी पनि सूचीमा

आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको थियो । त्यस्तै, बैठकले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने, संवैधानिक निकायमा बाँकी नियुक्तिका विषयमा छलफल गर्ने, एकता महाधिवेशन तयारीको काम गर्ने कार्यसूची तय गरेको थियो ।

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, यस्तो बन्दैछ मापदण्ड

कमेन्ट गर्नुहोस्