डडेल्धुरा र बझाङमा २० जना संक्रमित थपिए

डडेल्धुराः डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलिष्ट जिनी गणेजुले एक सय आठ जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पोजेटिभ देखिएको र अन्य ८८ जनाको नेगेटिभ आएको जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना सङ्क्रमणबाट बाराकी एक महिलाको मृत्यु

संक्रमित हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिकाका ४ जना र बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाका ७ जना, केदारस्युँ गाउँपालिका ४ जना, विथ्थडचिर गाउँपालिकाका १ जना, मष्ठा गाउँपालिका ३ जना र छबिसपाथीभरा गाउपालिकाका १ जना रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्