११५४ संक्रमित थपिए, १००५ जना डिस्चार्ज

काठमाडौंः नेपालमा थप ११५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १००५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमण दोहोरिनु चिन्ताजनकः स्वास्थ्य मन्त्री ढकाल

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ४२७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्