नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

काठमाडौंः नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्याले नयाँ रेकर्ड राखेको छ । सोमबार हालसम्मकै बढी १६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ४२७ पुगेको छ । यसअघि भदौ २९ गते सोमबार एकैदिन १५ जनाको मृत्यु हुँदै रेकर्ड बनेको थियो ।

याे पनि पढ्नुस  न्यूयोर्कमा लगातार कम हुँदै मृत्युदर

आज नेपालमा थप ११५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १००५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

याे पनि पढ्नुस  कपिलवस्तुमा थप २० जनामा कोरोना पुष्टि

कहाँ कतिको मृत्यु ?

११५४ संक्रमित थपिए, १००५ जना डिस्चार्ज

११५४ संक्रमित थपिए, १००५ जना डिस्चार्ज

कमेन्ट गर्नुहोस्