उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि

काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौंमा ५३८ जना, भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौंमा संक्रमितको संख्या १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ पुगेको छ ।

याे पनि पढ्नुस  आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित? (विवरणसहित)

सोमबार काठमाडौं र भक्तपुरमा २/२ जना तथा ललितपुरमा १ जनाको मृत्यु भएको छ ।

सोमबार देशभर थप ११५४ जनामा कोरोना पुष्टि भएको थियो । देशभरका संक्रमितको आधा भन्दा बढी संख्या भने काठमाडौं उपत्यकाकै रहेका छन् ।

सोमबार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्याले नयाँ रेकर्ड राखेको छ । सोमबार हालसम्मकै बढी १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । यसअघि भदौ २९ गते सोमबार एकैदिन १५ जनाको मृत्यु हुँदै रेकर्ड बनेको थियो ।

याे पनि पढ्नुस  सबैको प्रयासले कोरोनाबाट देशमा ठूलो क्षति हुन पाएको छैनः स्वास्थ्यमन्त्री ढकाल

पछिल्लो २४ घण्टामा १००५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

आज ४५ जिल्लामा संक्रमित थपिए ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्