जीप दुर्घटना हुँदा २ बालकको मृत्यु

मकवानपुर: मकवानपुरको राक्सिराङ-३ मैनाटारमा जीप दुर्घटना हुँदा २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका-३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

याे पनि पढ्नुस  अवैधरूपमा डिजेल भारत लैजाने ३ जना समातिए

जीप चालक राक्सिराङ-५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्