कोरोना संकटमा कैदीको अवस्था बुझ्‍दै मानव अधिकार आयोग

काठमाडौं : कोरोनाले कैदीबन्दीलाई पारेको प्रभावको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन सुरु गरेको छ।

कोभिड-१९ को महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको स्वास्थ्यको अधिकार सम्बन्धमा आयोगले आजदेखि अनुगमन सुरु गरेको आयोगका प्रवक्ता वेद भट्टराइले विज्ञप्ती जारी गरी जनाएका छन्।

‘आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली २०७७ असोज ५ गतेदेखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न जिल्लाको कारागार अनुगमनका लागि खटिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘उक्त टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतहरुको सहभागिता रहनेछ।’

याे पनि पढ्नुस  महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दर्ता

आयोगले कारागारमा रहेका कैदी बन्दीहरुको आधारभूत अधिकारसहितका बाँच्न पाउने अधिकार र स्वास्थ्य सम्बन्धी अधिकारप्रति संवेदनशील हुन नेपाल सरकारको ध्यानाकर्षण पनि गराएको छ।

कमेन्ट गर्नुहोस्