अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

झिमरुकः अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका-२ रोल्पा निवासी २५ वर्षीया नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ ।

आज बिहान २ बजे छोरा जन्माएपछि रक्तस्रावका कारण बिहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इञ्चार्ज नेहा थापाले बताए ।

याे पनि पढ्नुस  अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव, ८ जना घाइते

शिशुको स्वास्थ्यमा समेत समस्या देखिएकाले बुटवल रेफर गरिएको उहाँले जानकारी दिए । रोल्पाबाट सुत्केरी गराउनका लागि आइतबार बेलुकी सिंहलाई अस्पताल ल्याइएको थियो ।

कमेन्ट गर्नुहोस्