प्रताप दास र समीक्षाको स्वर रहेको ‘सानु’सार्वजनिक (भिडियोसहित)

काठमाडौं : नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतमको अभिनय रहेको लोकदोहोरी गीत ‘सानु’ सार्वजनिक भएको छ ।

गीतमा प्रताप दास, समीक्षा अधिकारी र आयुशा गौतमको स्वर छ । शब्द संचारकर्मी कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ । गीतलाई मालाश्रीमा स्टुडियोमा रेकर्ड गरिएको हो ।

याे पनि पढ्नुस  प्रताप दासकाे ‘सुखमा मात्र होइन’ बजारमा (भिडियोसहित)

प्रभावन जेको निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम, नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र २ वर्षीय बाल कलाकार समाइरा थापाको अभिनय छ ।

आकाश र एलिजालेसँगै काम गरेको यो पहिलो गीत हो । प्रताप दासको पनि यो पहिलो लोक दोहोरी हो ।

याे पनि पढ्नुस  चितवनमा गायक प्रताप दासले प्रस्तुति दिने

गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुँमागाई, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतम, कला मनिक पाख्रिन, प्रोडक्सन म्यानेजर विवेक चौलागाई, प्रोडक्सन कन्ट्रोलर श्याम धिताल र मेकअप स्वस्तिका श्रेष्ठको छ ।

गीतले लोकदोहोरी क्षेत्रमा नयाँ पुस्ता र पुरानो पुस्ताबीको सम्बन्ध थप बलियो बनाउन मद्दत गर्ने देखिन्छ । लोकदोहोरी क्षेत्रका अग्रज गायक घमेश दुलाल र अन्जु पन्तको स्वरमा रहेको लोकदोहोरी गीत ‘भुल’ पनि चाडैँनै दर्शकमाझ आउने डिएआर मुभिजका सञ्चालक सदस्य राजाराम गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रताप दासकाे ‘सुखमा मात्र होइन’ बजारमा (भिडियोसहित)

गीत डि ए आर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

कमेन्ट गर्नुहोस्