स्वास्थ्यमन्त्री ढकाल फेरि होम क्वारेन्टाइनमा

काठमाडौं  : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल फेरि होम क्वारेन्टाइनमा बसेका छन् । मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेका हुन् ।

‘उहाँको परिवारको सदस्यलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा बसिरहनु भएको छ,’ तिवारीले भने, ‘भोलि या पर्सितिर उहाँको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी छ ।’

याे पनि पढ्नुस  उपत्यकामा ६ सय नाघे संक्रमित, भयावह स्थिति आउने चिन्ता !

यसअघि गत जेठमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक बिरामीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए । तर ती बिरामीमा कोरोना पुष्टि भएसँगै उनी केहि दिन होम क्वारेन्टाइनमा बसेका थिए ।

कमेन्ट गर्नुहोस्