पोखरीमा डुबेर आमाछोरीसहित ३ जनाको मृत्यु

विराटनगर : मोरङमा पोखरीमा डुबेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको ग्रामथान गाउँपालिका-४ बनसखण्डीकी सीता अधिकारीसहित उनका २ छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

माछालाई चारो हाल्न गएको सोही पोखरीमा डुबेर ३५ वर्षीय सीता उनकी १४ वर्षीय छोरी पवित्रा र १० वर्षीय छोरी कृतिकाको आइतबार साझ मृत्यु भयो।

याे पनि पढ्नुस  टिपरसँग मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु

घरदेखि करिब डेढ किलोमिटर दक्षिणमा रहेको माछापोखरीमा सीताका दुई छोरी पसेका थिए । उनीहरूले लगाएको कपडा पोखरीको डिलमा खोलेर राखिएको भेटिएको छ । दुई छोरी पोखरीमा डुबेपछि उद्धारका लागि आमा पसेकी थिइन् ।

घटनाको प्रकृति हेर्दा दुई छोरी पौडी खेल्न पसेको र आमा उद्धार गर्न पोखरीमा पसेको देखिएको स्थानीयले रामप्रसाद अधिकारीले बताए ।

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकामा एक सामुदायिक वन एक पोखरी अभियान सुरू

दिउँसोको समयमा घरबाट गएकी दुई छोरीसहित सीताको आइतबार शव साँझ पोखरीमा भेटिएको थियो । करिब १० कठ्ठा क्षेत्रफलमा रहेको उक्त पोखरीको गहिराइ १० देखि १५ फिटको रहेको स्थानीय बताउँछन् ।

स्थानीयले ३ बजेको समयसम्म तीनै जना आमाछोरीलाई पोखरीमा नै देखेका त्यहाँका स्थानीय राजन अधिकारीले बताए । उनले गर्मीको सिजन भएकाले नानीहरु पोखरीमा पौडी खेल्न पसेको समयमा आमा आत्तिएर छोरीलाई निकाल्न जाने क्रममा पोखरीमा डुबेर उनीहरु तिनै जनाको डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरे ।

कमेन्ट गर्नुहोस्