आइपीएल : हैदरावादविरुद्ध टस हारेर ब्याटिङ गर्दै आरसीबी

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को १३ औँ सिजनको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध सनराइजर्स हैदरावादले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

आइपीएल इतिहासमा आरसीबी धेरै पकट फाइनलमा पुग्दा पनि उपाधि जित्न सकेको छैन । तर, हैदरावादले भने २ पटक आइपीएल ट्रफी हात पारिसकेको छ ।

याे पनि पढ्नुस  आइपीएल २०२० को समय घटाइने

पछिल्ला पाँच म्याचमा दुबै टिमले समान दुईमा हार र दुई खेलमा जित हासिल गरेका छन् । आरसीबी र हैदरावादविरुद्धको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यो पटक हैदरावादमा डेविड वार्नर कप्तान रहेका छन् । आरसीबीमा भने विराट कोहली नै टिमको नेतृत्व गर्ने छन् ।

कमेन्ट गर्नुहोस्