देउवाद्वारा ‘हिम चितुवा’को निधनप्रति दुःख व्यक्त

काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘हिम चितुवा’ को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको आज बिहान भएको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले एक शोक वक्तव्यमार्फत १० पटकसम्म विना अक्सिजन सगरमाथा आरोहण गरेका शेर्पाको कीर्तिमान पर्वतारोहणको क्षेत्रमा सदैव स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  कुनै समस्या परे मलाई सम्पर्क गर्नुहोलाः कांग्रेस नेता सिंह

पछिल्लो पुस्ताका युवा एवं युवा पवर्तारोहीका लागि शेर्पा सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहनु भएको उल्लेख गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कमेन्ट गर्नुहोस्