आइपीएल : आरसीबीले दियो हैदरावादलाई १६४ रनको लक्ष्य

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले सनराइजर्स हैदरावादलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएल : दिल्लीद्वारा पञ्जाबलाई १५८ रनको लक्ष्य

उसका लागि देवदत्त पाडक्कलले ५६, एबी डिभिलियर्सले ५०, आरोन फिन्चले २९, कप्तान विराट कोहलीले १४ र शिवम् दुबेले ७ रन बनाए ।

बलिङमा हैदरावाद टिमका थांगारासु नटराज, अभिषेक शर्मा र विजय शंकरले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्