दाङमा छोराको सम्झनामा अक्षयकोष स्थापना

दाङ : सडक दुर्घटनामा मृत्यु भएका लमही नगरपालिका-१ कौडिया निवासी दिपक भट्टराईको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।

छोराको सडक दुर्घटनामा मृत्यु भएका कारण विशेषगरी सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कलम चलाउने पत्रकारलाई अक्षयकोषबाट प्राप्त ब्याजबाट पुरस्कृत गर्ने उदेश्यले एकलाख रुपैयाँको चेक नेपाल पत्रकार महासंघ दाङलाई हस्तान्तरण गरिएको स्वर्गीय भट्टराईका बुबा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का सल्हाकार चन्द्रप्रसाद शर्माले जानकारी दिए ।

याे पनि पढ्नुस  स्कुलबाट फर्कंदै गरेका बालकको सडक दुर्घटनामा मृत्यु

नेकपा प्रदेश कमिटीका सल्लाहकार एवं मृतक भट्टराईका बुबा चन्द्रप्रसाद शर्मा भट्टराइको अध्यक्षता तथा नेकपाकी केन्द्रीय सदस्य नारायणी शर्माको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले भट्टराई परिवारबाट सामाजिक सेवामा पुर्‍याएको योगदानको चर्चा गर्दै जनयुद्धको समयमा यो परिवारको योदान अतुलनिय रहेको स्मरण गरेकि थिइन् ।

कार्यक्रममा प्रदेश सांसद रेवतीरमण शर्माले अक्षयकोष स्थापना गर्ने कार्यबाट परिवारका सदस्यको निरन्तर सम्झना भइरहने र पुरस्कृत हुनेलाई थप हौसला बढने विश्वास व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  सडक दुर्घटनामा आज ६ जनाको मृत्यु, आगलागीमा करोडौँको क्षति

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाहले पत्रकार महासंघ प्रति विश्वास गरेर अक्षयकोष स्थापना गरेको भन्दै भट्टराई परिवारलाई धन्यवाद ज्ञापन गर्दै अक्षयकोषको उच्च सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकि छिन् ।

गतवर्ष मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका भट्टराई नेपाली सेनामा कार्यरत रहेर देशको सेवामा समर्पित रहेका थिए । उनलाई सधैं सम्झिरहन वार्षिक तिथिका अवसरमा यो अक्षयकोष स्थापना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  अष्ट्रेलियामा सडक दुर्घटनामा परी २ नेपालीको मृत्यु

स्वगिय भट्टराइका दाजु विष्णु शर्मा भट्टराइको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रममा प्रदेश सांसद सरस्वती गौतम, लमही नगरपालिका प्रमुख कुलवहादुर केसी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, नेकपा लमही नगर इन्चार्ज अमर कुवंर, सह इन्चार्ज नारायण छम्पाली, नगर सचिव विक्रान्त ज्ञवाली, नेकपाका नेता विरवहादुर केसी,ओमप्रकाश सुवेदी, शोभा घिमिरे लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्