विप्लव नेकपाले दियो झापाका स्थानीय तहलाई ‘जनकारबाही’को चेतावनी

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट (नेकपा)ले झापाका स्थानीय तहलाई कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा व्यवस्थापनमा भएको खर्च तीन दिनभित्रमा सार्वजनिक गर्न चेतावनी दिएको छ ।

विप्लव माओवादीले झापाका सबै स्थानीय तहलाई तीन दिने अल्टिमेटमसहित तत्काल खर्च सार्वजनिक नगरिए जनकारबाही गर्नेसमेत चेतावनीसमेत दिएको छ । आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा जिल्ला सेक्रेटरी श्रीजंगको हस्ताक्षर छ।

याे पनि पढ्नुस  रिहालगत्तै विप्लवका २ कार्यकर्ता पक्राउ

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना व्यवस्थापनको विषय भ्रष्टाचार गर्ने माध्यम बन्न पुगेको छ। कोरोना उपचार तथा व्यवस्थापनमा भएको खर्चको हिसाब(किताब झापाका सबै स्थानीय तहले तीन दिनभित्रमा सार्वजनिक गरियोस् ।’

विज्ञप्तिमा पार्टीको निर्देशन बमोजिम तुरुन्त खर्च सार्वजनिक नगरे पार्टीको नेतृत्वमा जनताले कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

कमेन्ट गर्नुहोस्