आइपीएलमा विराटको टिमको विजयी सुरुवात

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावादविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) १० रनले विजयी भएको छ ।

आरसीबीले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन मात्र बनाउन सक्याे ।

उसका लागि जोनि बेयरिस्टोले ६१, मनीष पाण्डेले ३४, प्रियम कर्गले १२ रन बनाउँदा अरू ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  म्याक्सवेल दक्षिण अफ्रिकाको ‘टूर’बाट बाहिरिए, आइपीएलका केही म्याचसमेत गुमाउने

बलिङमा आरसीबीका युजवेन्द्र चहलले ३, नवदीप सैनी, शिवम् दुवेले २/२ र डेल स्टेनले एक विकेट विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

उसका लागि देवदत्त पाडक्कलले ५६, एबी डिभिलियर्सले ५०, आरोन फिन्चले २९, कप्तान विराट कोहलीले १४ र शिवम् दुबेले ७ रन बनाए ।

याे पनि पढ्नुस  आइपीएल : दिल्लीद्वारा पञ्जाबलाई १५८ रनको लक्ष्य

बलिङमा हैदरावाद टिमका थांगारासु नटराज, अभिषेक शर्मा र विजय शंकरले एक/एक विकेट लिए । हैदरावादका स्टार बलर राशिद खान र भुवनेश्वर कुमार भने आज विकेटविहीन बने ।

राशिदले ४ ओभरमा विनाविकेट एक छक्का एक चौकासहित ३१ रन दिए । त्यस्तै, भवनेश्वरले ४ ओभरमा विनाविकेट २५ रन खर्चिए ।

कमेन्ट गर्नुहोस्