डा. केसीको भेरी अस्पतालमा उपचार, आज काठमाडौं ल्याइँदै

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधारसँग सम्बन्धित माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याइने भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु कक्षमा डा. केसीको स्वास्थ्य बिग्रेपछि उनलाई सोमबार नेपालगञ्ज ल्याइएको थियो ।

अनसनकै क्रमाम उनको स्वास्थ्यमा जटिलता देखिएपछि दुई दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियू कक्षमा भर्ना गरिएको थियो । तर त्यहाँ उनले कुनै उपचार गर्न नमानेपछि सोमबार दिउँसो समिट एयरमार्फत नेपालगन्ज ल्याइएको थियो ।

याे पनि पढ्नुस  आज पनि सरकार र केसी पक्षबीच वार्ता, निक्लेला निष्कर्ष ?

१९ औं सत्याग्रहको आठौं दिन सोमबार डा. केसीको नेपालगन्जकै भेरी अस्पतालमा उपचार गरिएको अस्पतालका मेसु डाक्टर प्रकाश थापाले बताए ।

केसीको उपचारमा भेरी अस्पतालमा रहेका डाक्टर संकेत रिसाल र डाक्टर निर्मल शाक्य, डाक्टर राजेश मण्डल र नर्स इश्वरी केसी खटिनुभएको अस्पतालका मेसु डाक्टर थापाले जानकारी दिए ।

केसीसँग उनको नियमित जाँच गर्दैै आएका डाक्टर प्रविण गिरी र हिमाल कार्की पनि आएका छन् ।

याे पनि पढ्नुस  अदालतमा आमनेसामने

आठौं दिनमा आएर सोमबार भेरी अस्पतालमा रगत जाँचका लागि डा। केसी राजी भएको डाक्टर प्रविण गिरीले बताए । ‘सबैभन्दा राम्रो कुरा आठौं दिनमा आएर स्वास्थ्य जाँच गर्न राजी हुनुभएको छ’, डाक्टर गिरीले भने, ‘रगत जाँच गरिएको छ, सलाइन पानी दिइरहेका छौं ।’ उनले भोलि बिहानको फलाइटबाट काठमाडौं जाने तयारी भएको सुनाए ।

भेरी अस्पतालमा डाक्टर केसीको उपचारमा सहभागी संकेत रिसालले केसीको अवस्था सामान्य रहेको बताए ।

याे पनि पढ्नुस  चिकित्सा शिक्षा विधेयकमा सहमति, डा. केसीले आजै अनशन तोड्ने सक्ने सम्भावना

‘भाइटल राम्रै छ । पल्सको चाल राम्रै छ । तर अपकोर्स लामो समय अनशन बसेकाले स्वास्थ्य अवस्था कमजोर छ, ’ डाक्टर रिसालले भने, थप कुरा अरु रिपोर्ट आएमा भन्न सकिन्छ ।’

डाक्टर केसीको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर नेपालगन्जका नागरिक समाजले दिप प्रज्वलन गरेका थिए ।

कमेन्ट गर्नुहोस्