शी जिनपिङको युएनमा सम्बोधनः सबै देश स्वतन्त्र छन, दादागिरी देखाउने अधिकार कसैसँग छैन

काठमाडौं । चिनियाँ राष्ट्रपति शी जिनपिङले विश्वमा कुनै एक देशले मात्रै प्रभुत्व कायम राख्ने अधिकार नभएको बताएका छन् । संयुक्त राष्ट्रसंघ ७५ वर्ष पुगेको अवसरमा राष्ट्रसंघलाई सम्बोधन गर्दै राष्ट्रपति शीले नभएको बताएका हुन ।
‘अरु देशको भविष्य नियन्त्रण गर्ने प्रगतिको सम्पूर्ण फाइदा आफैले लिने अधिकार कसैसँग छैन ।” राष्ट्रपति शीले भने, “हरेक देशलाई आफ्नो प्रगति गर्ने अधिकार छैन । अरु देशको प्रगतिलाई नियन्त्रण गर्न सकिन्न ।”

याे पनि पढ्नुस  दलाई लामाका कारण भारत र चीन सम्बन्ध फेरि बिग्रिन सक्ने

विकाशसील देशहरुलाइको भूमिका वर्तमान विश्वमा बढेकोले संयुक्त राष्ट्रले अझै सन्तुलित हुने आवश्यकता छ । ठूला देशहरुलाई अन्तर्राष्ट्रिय नियम र प्रतिबद्धताहरुलाई लिएर संकल्पित हुनुपर्ने आवश्यकता छ ।”

अमेरिकालाई लक्षित गर्दै शीले दोहोरो मापदण्डका लागि कुनै ठाउँ हुनु नहुनेमा पनि जोड दिए । “अन्तर्राष्ट्रिय नियमसँग खेलवाड हुनु हुँदैन । न त यी नियमहरुको प्रयोग कुनै देशलाई नोक्सानी पुर्याउन हुनुपर्छ ।” उनले भने, “संयुक्त राष्ट्र संघले सहयोगलाई बढावा दिनुपर्छ । शीतयुद्धको मानसिकताबाट हामीलाई केही पाइदैन । बरु हामीले चुनौतीसँग सँगै मिलेर लडनुपर्ने छ ।”

याे पनि पढ्नुस  शी जिनपिङलाई ‘राष्ट्रपति’ भन्न नमिल्ने भन्दै अमेरिकी संसदमा प्रस्ताव

झडपको साटो संवाद र दादागिरीको गाउँमा कुराकानी र पारस्परिक हितलाई बढावा दिनुपर्ने उनको जोड थियो । बहुध्रुवीय संसार स्वीकार्नु पर्ने र कुरा भन्दा काम गरेर देखाउनुपर्नेमा उनले जोड दिए ।

कमेन्ट गर्नुहोस्