नेकपा सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

आइतबार पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक ।

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दैछ । सचिवालयको बैठक आज (मंगलबार) मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको थियो । आजको बैठकमा पार्टी एकता, संवैधानिक नियुक्ति, एकता महाधिवेशनलगायतका विषयमा छलफल गर्ने कार्यसूची छ । यस्तै, कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित हुने

सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण स्थगित गरिएको थियो । पार्टी एकतापछिको परम्परा तोड्दै आइतबार सचिवालय बैठक पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको थियो । पार्टी एकतापछिका अधिकांश बैठकहरु प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यानमा राखेर बालुवाटारमा नै हुने गरेका थिए ।

कमेन्ट गर्नुहोस्