करेन्ट लागेर वडाध्यक्षको मृत्यु

सोलुखुम्बुः माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ ।

आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहान साढे ८ बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएको तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

याे पनि पढ्नुस  पहिराेमा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

उनी लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत हुन् । उनको श्रीमती र तीन छोराछोरी रहेका छन् ।

कमेन्ट गर्नुहोस्