सकारात्मक दिशामा गतिशील ढंगले अगाडि बढौंः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशामा गतिशील ढंगले अगाडि बढ्नका लागि समाज सेवामा लाग्न सवैलाई आग्रह गरेका छन् ।

४१ औ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषदले आज आयोजना गरेको कार्यक्रमलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारी, गैर सरकारी, वैयक्तिक ढंगले भन्दा पनि मानवीय भावनाका साथ समाज सेवामा लाग्नुपर्ने बताए ।

याे पनि पढ्नुस  नेपाल-भारत सम्बन्धः जयशङ्करमार्फत् नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई पठाएको सन्देश

प्रधानमन्त्री ओलीले समाजमा गरिवी हटाउने, मौलिक अधिकार दिलाउनेलगायतका काम सरकारको भए पनि सरकारले गर्न नसकिरहेको र सामथ्र्यले नभ्याइरहेको ठाउँमा संघसंस्थाले गरिरहेका कामहरु प्रशंसनीय रहेको उल्लेख गरे । उनले समाज विकासलाई ठिक ढंगबाट अगाडी बढाउन सबै पक्ष सहयोगी भावना र मानवीय भावना साथ अगाडी बढ्नुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा प्रधानमन्त्रीबाट हटाउन खोजियो’

प्रधानमन्त्री ओलीले सरकारले एसिड पीडितसँग गरेको प्रतिबद्धताअनुसार उनीहरुको उपचारको प्रवन्ध गर्नुका साथै जिविकोपार्जनका लागि आम्दानीको प्रवन्ध गर्ने र यस्ता अपराध फेरी नदोहोरियोस् भनेर कडा कानुन ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्