आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

काठमाडौंः असोज २४ गतेका लागि तय निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन स्थगित गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।

कर्मचारी संगठन पनि कोरोना महामारीमा निर्वाचन नगर्न सरकारलाई दवाव दिँदै आएका थिए । चौतर्फी दबाबपछि आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको हो ।

याे पनि पढ्नुस  ‘नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्छ’

आधिकारिक ट्रेड युनियनको निर्वाचन सरकारले गर्छ । असोज २४ गते हुने भनिएको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको थियो ।

मन्त्रिपरिषद् बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न ११० ठाउँमा स्थापना गरेको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय पनि गरेको छ भने प्रमुख निर्वाचन अधिकृतलाई पनि फिर्ता बोलाएको छ ।

याे पनि पढ्नुस  अबदेखि मन्त्रिपरिषद्का निर्णय तत्काल सार्वजनिक नहुने

सोमबार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप गरेको छ । आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद गत जेठ १९ गते नै सकिएको थियो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गरेका थिए ।

नेकपाकै दुई कर्मचारी संगठनबीच हुन सकेन एकता, ट्रेड यूनियनको चुनावमा एकअर्काका प्रतिष्पर्धी

कमेन्ट गर्नुहोस्