नेकपा सचिवालय बैठक सकियो, के भयो निर्णय ?

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उक्त प्रस्ताव सचिवालय बैठकमा छलफल हुनेछ ।

याे पनि पढ्नुस  नेकपाको केन्द्रीय समिति बैठक पुस २० गते बस्ने

आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको थियो । आजको बैठकमा पार्टी एकता, संवैधानिक नियुक्ति, एकता महाधिवेशनलगायतका विषयमा छलफल भएको छ । यस्तै, कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको थियो । अन्य विषयमा कुनै निर्णय भएको छैन । बाँकी विषयमा दुई तिन दिनमै फेरि बैठक बसेर निर्णय लिइने उनले बताए ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद् पुनर्गठन हुँदै, यस्तो बन्दैछ मापदण्ड

सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण स्थगित गरिएको थियो । पार्टी एकतापछिको परम्परा तोड्दै आइतबार सचिवालय बैठक पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको थियो । पार्टी एकतापछिका अधिकांश बैठकहरु प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यानमा राखेर बालुवाटारमा नै हुने गरेका थिए ।

Posted by Suresh Kaji Shrestha on Tuesday, September 22, 2020

कमेन्ट गर्नुहोस्