१३५६ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

मंगलबार ८२३ जना डिस्चार्ज भए । योसँगै हालसम्म निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित संख्या १८ हजार १४२ छ ।

याे पनि पढ्नुस  होम आइसोलेशनमा बसे दैनिक भत्ता !

मंगलबार थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

मंगलबार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

कमेन्ट गर्नुहोस्