काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना पुष्टि

काठमाडौंः मंगलबार काठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५११ जना, ललितपुरमा ७३ जना र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ९३७ पुगेको छ । काठमाडौंमा १४ हजार ६ सय ६५, ललितपुरमा १६ सय ८३ र भक्तपुरमा १५ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  आइतबार बिहानै थप १० जनामा कोरोना देखियो

नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ८२३ जना डिस्चार्ज हुँदा मृतक संख्या २ जनाको मृत्यु भएको छ ।

मंगलबार ४९ जिल्लामा संक्रमित थपिएका छन् ।

१३५६ संक्रमित थपिए, २ जनाको मृत्यु

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्