भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

भोजपुरः जिल्लामा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि धरान, धनकुटा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् ।

आन्तरिक राजस्व कार्यालय भोजपुरका प्रमुख रमेश पौडेलले जिल्लाबासीको माग अनुरुप नै यो कार्यालय स्थापना गरिएको बताए ।

याे पनि पढ्नुस  विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ

जिल्लामा २ हजार २ सयभन्दा बढी करदाता रहेको कार्यालयको अनुमान छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ ।

कमेन्ट गर्नुहोस्