६ केजी गाँजासहित १ जना पक्राउ

झापा: झापाको दमक नगरपालिका-२ स्थित बेलडाँगी चोकबाट सशस्त्र प्रहरीले करिब ६ केजी गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका-६ बस्ने ४५ वर्षीय बीरबहादुर राई छन् । राईलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी सुरक्षा वेश बलेडाँगीबाट खटिएको टोलीले चेकजाँचको क्रममा गाँजासहित पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  २ महिला बलात्कारको अभियोगमा १ जना पक्राउ

पक्राउ परेका राईको साथबाट २ वटा मोबाइल सेट र ११ हजार ९ सय ६० रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका राईलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्