मालीका सैनिक प्रमुख उपराष्ट्र हुन तयार, विपक्षीको विरोध जारी

बामाको : अफ्रिकी मुलुक मालीका सेना प्रमुख कर्णेल आसिमी गोइटाले मुलुकमा गठन हुन संक्रमणकालीन सरकारमा उपराष्ट्रपति हुन आफू तयार रहेको बताएका छन् ।

तत्कालीन राष्ट्रपति विरुद्ध एक महिना पहिले सैनिक बलमा सत्ता विद्रोहको नेतृत्व गर्नु भएका कर्णेल गोइटाको घोषणासँगै मालीमा लोकतन्त्र पुनस्र्थापित हुने अपेक्षा गरिएको छ ।

याे पनि पढ्नुस  मालीमा बिद्रोहीको आक्रमणमा २४ सुरक्षाकर्मीको मृत्यु

तर गोइटाको उक्त घोषणालाई अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गर्ने सम्भावना रहेको छ । गोइटाले पूर्व रक्षा मन्त्री एवं अवकाशप्राप्त जनरल बाह एन–डालाई राष्ट्रपतिका रुपमा प्रस्ताव गरिएको बताएका छन् । नयाँ सरकारको घोषणा यही सेप्टेम्बर २५ मा हुनेछ ।

दुबै नाम सेनाले बनाएको एक छनौट समितिले प्रस्ताव गरेको हो । यस समितिमा सेनाका अधिकारीहरु, केही राजनीतिक दलका नेताहरु, नागरिक तथा धार्मिक समूहका व्यक्तिहरु रहेका छन् ।

याे पनि पढ्नुस  मालीमा अन्तरजातीय भिडन्त, ४० जनाको मृत्यु

इकोवास नामको १५ सदस्यीय पश्चिम अफ्रिकी देशहरुको समूहले कुनै पनि प्रकारको संक्रमणकालीन सरकारको राष्ट्रपति र प्रधानमन्त्रीमा गैरसैनिक व्यक्तिको नेतृत्व हुनुपर्ने अडान राखेको छ । इकोवासले गोइटालाई उपराष्ट्रपतिका रुपमा स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट भइसकेको छैन ।

कमेन्ट गर्नुहोस्