आइपीएल : राजस्थानविरुद्ध टस जितेर बलिङ गर्दै चेन्नई

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ ।

जारी सिजनमा सीएसकेको यो दोस्रो म्याच हो । उसले पहिलो खेलमा गत विजेता मुम्बई इण्डियन्सलाई हराएर विजयी सुरुवात गरिसकेको छ । राजस्थानले भने आइपीएल २०२० मा पहिलो म्याच खेल्दै छ ।

याे पनि पढ्नुस  राजस्थान रोयल्सले रच्यो इतिहास, चेन्नईलाई हरायो १६ रनले

पछिल्ला पाँच म्याचमा राजस्थानले एक खेलमा मात्र सीएसकेलाई हराउन सफल भएको छ । यो सिजनमा राजस्थानमा स्टिभ स्मिथ र सिएसकेमा भने महेन्द्रसिंह धोनी नै कप्तान छन् ।

कमेन्ट गर्नुहोस्