१३ घण्टा लामो वार्तापछि टर्यो युद्दको खतराः चीन र भारतबीच भयो यस्तो सहमति

काठमाडौं । चीन र भारतबीच सीमाक्षेत्रमा चुलिएको तनाव तत्कालका लागि साम्य हुने अवस्था देखिएको छ ।

भारतीय पक्षबाट चिनियाँ सेनालाई उक्साउने गतिविधि जारी भएपछि सीमा क्षेत्रमा तनाव चुलिएको थियो ।

भारतीय सेनाहरुले विगतका सम्झौता उल्लंघन गर्दै चिनियाँ सीमा क्षेत्र अतिक्रमण गर्ने तथा लाइन अफ कन्ट्रोलमा उत्तेजना फैलाउन खोज्दा २२ जना भारतीय सेनाको मृत्यु भएको थियो ।

चीन र भारतबीच आज सम्पन्न छैठौं कमाण्डरस्तरीय वार्तामा सीमा तनाव अन्त्य गर्न सहमति बनेको हो ।

चीनका रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाए अनुसार, दुबै देशबीच फ्रन्टलाइनमा सैनिकको संख्या नथप्ने विषयमा सहमति जुटेको हो ।

याे पनि पढ्नुस  हिन्द महासागरमा चीनले थाल्यो सैन्य तयारी, ४ सब मेरिन तयारी अवस्थामा

विदेश मन्त्रालयका पदाधिकारीसमेत सम्मिलिन बैठकमा उत्तेजना फैलाउने कुनै पनि काम दुबै पक्षले नगर्ने समेत सहमति भएको छ ।

१३ घण्टा लामो छलफलपछि सीमा क्षेत्रमा यसअघि भएको सहमति अनुसार भारतीय सेना पछाडि हट्ने तथा विवादित सीमा क्षेत्रमा कुनै पनि देशका सेना नरहने निर्णय गरिएको थियो ।

आजको बैठकमा भारतका तर्फबाट १४ कोप्र्स चीफ लेफ्टिनेन्ट जनरल हरिन्दर सिह र लेफ्टिनेन्ट जनरल पिजिके मेनन थिए भने चीनका तर्फबाट दक्षिण जिन जियाङ सैन्य क्षेत्रका कमाण्डर मेजर जनरल ल्यू लिन सहभागी थिए ।

सीमा क्षेत्रको वास्तविक अवस्थाका बारेमा सूचना र सञ्चार प्रभावकारी बनाउने तथा यथाशक्य चाँडो सातौं बैठक बोलाउने बिषयमा आजको बैठकमा सहमति जुटेको छ । सातौं बैठकले आजकै सहमतिलाई थप मूर्त रुप दिने बताइन्छ ।

याे पनि पढ्नुस  झुक्यो भारत, चीनसँग वार्ता गर्न दूत पठाउने

यसअघि भारत र चीनका विदेशमन्त्रीबीच मस्कोमा समेत द्विपक्षीय वार्ता भएको थियो ।

चीनले सीमा क्षेत्रमा चुलिएको तनावका लागि भारत नै जिम्मेवार भएको बताउँदै आएको छ । भारतीय सेनाहरुले विगतको सहमति उल्लंघन गरेर चिनियाँ भूभागमा अनाधिकृत उपस्थिति जनाउने र चिनियाँ सेनालाई लगातार उत्तेजित पार्ने काम गरेको चीनको आरोप छ ।

याे पनि पढ्नुस  भारतीय सेना प्रमुखको बयानमाथि चीनको समेत कडा आपत्ती, मुख छाडेर बोल्ने कुराले समस्या निम्तिने टिप्पणी

यसरी नै उत्तेजना फैलाउँदा जून र अगस्तमा भएका दुई घटनााम २२ जना भारतीय सैनिकहरुको मृत्यु भएको थियो ।

रक्षा विश्लेषकहरुका अनुसार, उक्त झडपमा भारतीय पक्षको गल्ती नभएर चीनका तर्फबाट एकोहोरो कार्वाही भएको भए भारतले यसलाई निकै उचाल्ने काम गर्ने पक्का थियो । तर भारतीय सेनाकै गल्तीका कारण उक्त मानवीय क्षति भएका कारण भारतीय सेना र सरकारले यो विषयलाई त्यति चर्चामा ल्याएन ।

भारत र चीनबीच उत्तरी क्षेत्रमा जोडिएको सीमामा विवाद कायमै छ ।

कमेन्ट गर्नुहोस्