राजस्थान रोयल्सले रच्यो इतिहास, चेन्नईलाई हरायो १६ रनले

अबुधाबी । भारतीय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आइपिएल २०२० को आजको खेलमा चेन्नई सुपर किङ्सले नराम्रो हार बेहोर्नु परेको छ ।

आइपिएलको १३ औं सिजनको चौथो खेलमा राजस्थान रोयल (आरआर)ले चेन्नई सुपर किङ्स (सिएसके) लाई १६ रनले हराएको हो ।

निकै रोमाञ्चक बनेको आजको खेलमा टस हारेर ब्याटिङ गरेको राजस्थान रोयलले अप्रत्याशित २१७ रनको लक्ष्य दिएको थियो ।

उसका लागि सञ्जु स्यामसन र कप्तान स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । सञ्जुले ३२ बलमा ९ छक्का र १ चौकासहित ७४ रन बनाए ।

स्मिथले ४७ बलमा चार छक्का र चार चौका हिर्काउँदै ६९ रनको योगदान दिए । त्यस्तै, राहुल तेवटिया १०, यशस्वी जैसवाल समान ६, रबिन उथप्पा रनमा आउट भए । त्यस्तै, जोफ्रा आर्चरले अविजित २७ र टम कुरानले नटआउट १० रन बनाए ।

याे पनि पढ्नुस  पहिलो खेल जितेपछि धोनीले भने, ‘टीममा केही सुधार्नुपर्ने देखियो’

बलिङमा सीएसके टिमका साम कुरानले ३, पियूष चावला, दीपक चाहर र लुंगी एन्गीडिले एकएक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा चेन्नईको टीमले ६ विकेट गुमाएर २ सय रन मात्रै जोड्न सक्यो । शेन वाटसन (३३) र मुरली विजय (२१) ले मजबुत शुरुआत दिएपनि सातौं ओभरमा पुग्दा खेल बिग्रिन पुग्यो । स्पिनर राहुल तेवतियाले आफ्नो पहिलो ओभरमैं वाट्सनलाई आउट गरे । फेरी दोश्रो ओभरको अन्तिम दुई बलमा शेम करन र रितुराज गाकवाडलाई खाता नखोल्दै आउट गरे ।
आइपिएलको इतिहासमा चेन्नईविरुद्ध राजस्थानको यो दोश्रो जीत हो । यसअघि २८ मार्च २०१० का दिन अहमदाबादमा आरआरले सिएसकेलाई १७ रनले हराएको थियो ।

याे पनि पढ्नुस  आइपीएल : राजस्थानविरुद्ध टस जितेर बलिङ गर्दै चेन्नई

नवौं नम्बरमा ब्याटिङ गर्न आएका जोफ्रा आर्चरले ९ बलमा २७ रन बनाए । धोनीले खासै खेल्न सकेनन् । अन्तिम तीन ओभरमा देखिएका धोनीले शुरुआती बलमा कुनै चमत्कार देखाउन सकेनन् । अन्तिम ओभरमा भने उनले लगातार तीन छक्का प्रहार गर्दै रेकर्ड कायम गर्न सफल भए । तर धोनीको तीनवटा छक्काले पनि टीमलाई जिताउन भने सकेनन् ।

यसअघि चेन्नईले पहिलो खेलमा गत विजेता मुम्बई इण्डियन्सलाई हराएर विजयी सुरुवात गरिसकेको छ । राजस्थानले भने आइपीएल २०२० मा पहिलो म्याच खेलेको हो ।

राजस्थानको पारीको १८ औं ओभरमा टम कुरेनलाई आउट दिएपछि पनि अम्पायरले रिभ्यू लिएपछि भने धोनी निराश भएका थिए ।
जबकि रिभ्युका लागि राजस्थानसँग विकल्प थिएन ।

याे पनि पढ्नुस  पहिलो खेल जितेपछि धोनीले भने, ‘टीममा केही सुधार्नुपर्ने देखियो’

दीपक चाहरको बलमा विकेटकीपर धोनीले बल समातेपछि मैदानमा रहेका अम्पायर शी सशम्सुद्दिनले आउट दिए । तर अम्पायरले भने आफैले आउट दिँदा पनि लेग अम्पायर विनित कुलकर्णीसँग कुरा गरेपछि तेश्रो अम्पायरको सहायता लिए ।

यसबाट निराश भएका धोनीले अम्पायरसँग गुनासो समेत गरे ।

यसपछि चेन्नईले नसोचेको प्रदर्शन राजस्थानले गर्यो । अन्तिम ओभरमा राजस्थानले दुई छक्का, १४ नो बल र एक वाइडसँगै ३० रन जोड्न सफल भयो । यही अन्तिम ओभर नै उसका लागि जीतको मुख्य आधार बन्न पुग्यो ।

कमेन्ट गर्नुहोस्