अपहरणको शैलीमा ट्रमा सेन्टर पुर्याएको भन्दै डा. केसी ट्याक्सी चढेर गए शिक्षण अस्पताल, इमर्जेन्सीमा भर्ना

काठमाडौं । चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित माग राखेर कर्णाली प्रदेशमा अनसनरत डा. केसी आज साँझ शिक्षण अस्पताल पुगेका छन् ।

डा. केसीलाई आजै बिहान नेपालगञ्जबाट काठमाडौं ल्याएर ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । तर ट्रमा सेन्टरमा कुनै उपचार गर्न नमानेका डा. केसी केही सहयोगीका साथ ट्याक्सी चढेर शिक्षण अस्पताल महाराजगन्ज गएका छन् । सहयोगी तथा समर्थक सुवेदीका अनुसार डा‍। केसीले अब शिक्षण अस्पतालमा नै अनशन बस्ने छन् ।

सोमबार साँझ ६ बजेर १५ मिनेट जाँदा अस्पतालबाट स्वइच्छाले निस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेर भर्ना भएका केसीले ट्रमा सेन्टरमा कुनै पनि प्रकारको परीक्षण तथा उपचार मानेका थिएनन् । काठमाडौंमै रहेरै टिचिङ अस्पतालमा अनसन बस्ने योजनाका साथ फर्किएका उनलाई प्रहरीले विमानस्थलबाट ट्रमा सेन्टरमा ल्याएको थियो ।

याे पनि पढ्नुस  डा. केसीको अडानले वार्ता हुन सकेन– सरकारी वार्ता टोली

एयरपोर्टबाट टिचिङ अस्पतालतर्फ जान लागेको भए पनि उनी चढेको एम्बुलेन्समा बसेका प्रहरीले एम्बुलेन्सलाई ट्रमातिर लैजान अह्राएका थिए। ट्रमामा आइपुगेपछि डा केसी आफू टिचिङ जान लागेको बताइरहे पनि प्रहरीले जबर्जस्ती हातमा समातेको थियो

आफूमाथि जबर्जस्ती भएपछि डा केसीले तानाशाहीतन्त्र मुर्दावादको नारा लगाएका थिए ।
‘मेरो नागरिक अधिकारको हनन हो। यो अपहरण हो। ओलीले गरेको अपहरण हो। ओलीको तानाशाहीतन्त्र चल्दैन। जबसम्म मलाई टिचिङ हस्पिटल लगिँदैन, तबसम्म म कुनै उपचारदेखि लिएर रगत, पिशाब जाँच गर्न दिनेवाला छैन’, उनले भनेको भिडियो अहिले भाइरल बनेको छ ।

याे पनि पढ्नुस  बारले भन्यो– अनुकुल फैसला नआउँदैमा प्रधानन्यायाधीशको राजीनामा माग्नु र लान्छना लगाउनु गलत

ट्रमा सेन्टरका निर्देशक डा। सन्तोष पौडेलका अनुसार अस्पतालले उनलाई औपचारिक रुपमा डिस्चार्ज गरेको होइन । ‘हामीले कुनै परीक्षण पनि गर्न पाएनौं । उहाँलाई हामीले डिस्चार्ज गरेको पनि होइन । त्यसै निस्किए” उनले भने ।

डा। गोविन्द केसीले नेपालगन्जबाट काठमाडौै विमानस्थलमा ओर्लिएर शिक्षण अस्पताल जान भनेर एम्बुलेन्स चढे पनि आफूलाई प्रहरीहरुले अपहरण शैलीमा ट्रमा सेन्टर ल्याएको बताएका थिए । उनका समर्थक प्रितम सुवेदीबाट प्राप्त भिडियोमा उनले सरकारकै निर्देशनमा आफूलाई प्रहरीहरुले अपहरण गरेर ट्रमा सेन्टरमा ल्याएको प्रतिक्रिया दिएका थिए ।

याे पनि पढ्नुस  डा. गोविन्द केसीको शरीरको मासुसमेत फुट्न थाल्यो, वार्ता टोलीसँग छलफल हुन सकेन

तस्वीर: केशव थापा कान्तिपुर पब्लिकेसनबाट साभार

कमेन्ट गर्नुहोस्