बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

काठमाडौंः बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं. ७ निवासी ६४ वर्षीय पुरुष रहेका छन् ।

उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा उपचारको क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढीको मृत्यु

असोज ४ गते बिहान अस्पताल भर्ना भएका उनमा असोज ५ गते पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । फोकल पर्सन श्रेष्ठले मृतक पुरुषमा फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएको जानकारी दिए ।

बाँकेमा हालसम्म ११ जना संक्रमितको मृत्यु भइसकेको छ । तीमध्ये ४ जना अछाम, कैलाली, सुर्खेत र बर्दिया जिल्लाका हन् ।

कमेन्ट गर्नुहोस्