ललितपुरमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौंः ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जावलाखेलस्थित अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कलेजोमा समस्याका कारण गत भदौं १६ गते अस्पताल भर्ना भएका वृद्ध उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा उनमा मंगलबार राति मृत्यु भएको हो ।

याे पनि पढ्नुस  भारतमा कोरोनाको नयाँ रेकर्ड

त्यस्तै, सानेपास्थित मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको पनि मंगलबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी गत भदौं ६ गते अस्पताल भर्ना भएका थिए ।

कमेन्ट गर्नुहोस्