नेपाल–चीन सीमा विवादबारे बोल्यो चिनियाँ दूतावास, के भन्यो ?

काठमाडौंः चीनले नेपाल चीन सीमा क्षेत्रमा नेपाली भूभागमा भवन बनाइरहेको भन्ने सन्दर्भमा नेपालले सो विषयमा पुनः जाँच गर्न सक्ने बताएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सञ्चार माध्यमहरुमा नेपाल चीन सीमामा चीनले नेपाली भूभागमा केही भवनहरु बनाएको भन्ने समाचार प्रेसित भएको सन्दर्भमा एक प्रेस नोट जारी गर्दै सो कुरा जनाएको हो ।

याे पनि पढ्नुस  चिनियाँ दूतावासले भन्यो, ‘कालापानीमा चीनले नेपालको भूभाग मिचेको छैन’

दूतावासका प्रवक्ताद्वारा जारी प्रेस नोटमा चीन र नेपाल मित्र छिमेकी देश भएको र चीनले नेपालको सार्वाभौमिकता र भौगोलिक अखण्डतालाई सधै सम्मान गर्ने गरेको उल्लेख छ । मिडियामा उल्लेख भएका भवनका विषयमा चीनले आवश्यक जाँच गरेको र नेपालले पनि पुनः जाँच गर्न सक्ने उल्लेख गरिएको छ ।

याे पनि पढ्नुस  चिनियाँ दूतावासको प्रतिक्रिया आपत्तिजनक: प्रधान सम्पादक शर्मा

दुबै देशबीच कुनै सीमा विवाद नरहेको र दुबै देशले सीमासँग सम्बन्धित विषयमा निकट सम्बाद कायम राखेको उल्लेख छ । नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लाप्चामा चीनले नेपाली भूभागमा भवनहरू बनाएको समाचार सार्वजनिक भए पछि चिनियाँ पक्षको यो प्रतिक्रिया आएको हो ।

याे पनि पढ्नुस  नेपालमा रोकिएका ३४६ नागरिक बोकेर फर्किए चिनियाँ जहाज

सम्बन्धित समाचारः

 

नेपाली टोली फर्कियो, चीनले भन्यो– कुनै विवाद छैन, नेपालले ‘कन्फर्म’ गरे हुन्छ

कमेन्ट गर्नुहोस्