विश्व कीर्तिमानी आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौंः अक्सिजनबिना नै १० पटक सगरमाथा आरोहण गरी साहसिक पहिचान बनाएका विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा ‘हिउँ चितुवा’ को आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

मंगलबारको मन्त्रिपरिषद् वैठकले सोमबार ७२ वर्षको उमेरमा काठमाडौंको जोरपाटीमा निधन भएका शेर्पाको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  अब साना हिमाल चढेपछि मात्र सगरमाथा आरोहण

नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले सुपरिचित शेर्पाको शेर्पाको पार्थिव शरीरमा आज शेर्पा गुम्बा, बौद्मा नेपाल सरकारको तर्फवाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरे ।

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

कमेन्ट गर्नुहोस्